नेपालले आयोजना गरेको एशिया-प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन र प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको आयोजना

Jun 05, 2018

२२ जेठ २०७५, काठमान्डौ

एसिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन २०१८ र तेस्रो एशिया-प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकको आज सम्माननीय प्रधानमन्त्री  के पी शर्मा ओलीले उद्दघाटन गर्नुभयो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा आयोजित यस कार्यक्रममा एसिया-प्रशान्त क्षेत्रका बिभिन्न ४० देशका नीति निर्माताहरु, उच्च पदाधिकारीहरु, विकास नियोगका पदाधिकारीहरु, अनुसन्धानकर्ताहरुका साथै प्रारम्भिक बालविकास, हेरचाह र शिक्षाको क्षेत्रमा कार्यरत संस्थाहरुका प्रतिनिधिहरु सहित ७०० जनाको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “प्रारम्भिक बालविकास नेपाल सरकारको उच्च प्राथमिकताका क्षेत्र मध्ये एक हो । नेपालको संविधानले सम्पूर्ण बालबालिकाका लागि प्रारम्भिक बालविकास र शिक्षाको  सुनिश्चितता गरेको छ । नेपालले विकास र समृद्धिको नयाँ अध्याय शुरु गरेको छ तसर्थ अबको उद्देश्य भनेकै हालै स्थापित संघीय संरचनाको दीगो विकासतर्फ देशलाई डोर्याउनु हो । यस उद्देश्य प्राप्तिमा गुणस्तरीय प्रारम्भिक बालविकासले महत्वपूर्ण भुमिका खेल्नेछ ।”

बालबालिकाको स्वास्थ्य र विकास उनीहरुको समग्र हेरचाहमा भर पर्दछ । यसले उनीहरुको स्वास्थ्य, पोषण, आवश्यकता अनुसारको हेरचाह, सुरक्षा र संरक्षण र प्रारम्भिक सिकाईमा प्रत्यक्ष प्रभाव पार्दछ भन्ने तथ्यलाई सन् २०१६ मा प्रकाशित ल्यान्सेट(Lancet) को प्रारम्भिक बालविकास श्रृंखलाले पनि जोड दिएको छ । उक्त प्रतिवेदनले बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षा जस्ता बिभिन्न क्षेत्रमा परिवार र सेवा प्रदायकहरु मार्फत गरिने पालन-पोषण र हेरचाहको आवश्यकतालाई पनि जोड दिएको छ ।

एसिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन २०१८ ले सम्बन्धित देशहरुमा दिगो बिकासका लक्ष्यहरु हासिल गर्नका लागि बहुपक्षिय प्रारम्भिक बालबिकास सम्बन्धी कार्यक्रमहरुमा लगानी र क्षमता विस्तार गर्नमा जोड दिएको छ । यो सम्मेलन  तेस्रो प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि नीति मन्चसंगै संयुक्त रुपमा आयोजना गरिएको छ । यस सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका नीति निर्माताहरुलाई प्रारम्भिक बाल स्याहार तथा शिक्षा सम्बन्धी नीतिको विकास र कार्यान्वयनको अवस्था बारे अनुभव आदानप्रदान गर्ने र प्रारम्भिक बाल स्याहार तथा शिक्षाको समता र गुणस्तर सुधार सम्बन्धी विषयहरुमा छलफल गर्ने गरी कार्यक्रमहरु तय गरिएको छ ।

“प्रारम्भिक बाल स्याहार तथा शिक्षा सम्बन्धी कार्यक्रमहरूको सफल कार्यान्वय र दीगो बिकासका लक्ष्यहरु हासिल गर्न वहुक्षेत्रीय रणनीतिको महत्वलाई अनुसन्धानमा आधारित प्रमाणहरु तथा प्रयोगात्मक अनुभवहरुले स्पष्ट पारेका छन्” ARNEC सन्चालक समितीका अध्यक्ष डा. शेल्डन शेफरले भन्नुभयो । प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि नीति मन्चसंगै संयुक्त रुपमा आयोजित ARNEC को प्रारम्भिक बालविकास सम्मेलनले एशिया प्रशान्त क्षेत्र र बाहिरपनि बहुक्षेत्रीय कार्यक्रमको सफलता सुनिश्चित गर्न विशेष महत्वपूर्ण हुनेछ । सम्मेलनबाट प्राप्त ज्ञान र नेपालको अनुभवले यो उद्देश्य प्राप्तिका लागि नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्ने जिम्मेवार निकाय, योजनाविद, र अनुभवी व्यक्तित्वहरुलाई मार्ग निर्देश गर्नेछ ।”

उद्घाटन सत्रमा बोल्दै युनिसेफ दक्षिण एसियाका क्षेत्रीय निर्देशक जिन गगले “प्रारम्भिक बालविकास वास्तवमै बहुक्षेत्रीय विषय भएकाले यसमा आईपर्ने चुनौतीहरुलाई कुनैपनि एक क्षेत्र, मन्त्रालय वा संस्थाले मात्र सामना गर्न सक्दैनन्” भन्ने विचार व्यक्त गर्नुभयो । सम्मेलनका एक मुख्य वक्ता हार्वर्ड टि एच चान स्कुल अफ पब्लिक हेल्थ (जन स्वास्थ्य शिक्षालय) की सह प्राध्यापक डा आईशा युसफजाईले बालबालिकाको हेरचाह र विकासमा बहुक्षेत्रीय अवधारणाको महत्वमाथि प्रकाश पार्नुभयो । वहाँले बालबिकासका लागि बहुक्षेत्रिय अवधारणा माथी थप प्रकाश पार्दै अविभावकहरु आफ्ना सन्तानको स्वास्थ्य, सुरक्षा र शिक्षा सहित सम्पूर्ण आवश्यकताको बारेमा जिम्मेवार हुन्छन् । तसर्थ प्रारम्भिक बालविकासको बहु क्षेत्रीय अवधारणाले बालबालिकाका निम्ति एउटा साझा दृष्टिकोण निर्माण गर्छ जुन विभिन्न क्षेत्रहरूका बिच बहु-पक्षीय, राष्ट्रिय र क्षेत्रीय नीतिहरूको समन्वयबाट निर्देशित हुन्छ । यसले हरेक बालबालिकाले सम्पूर्ण आवश्यक सेवाहरू र ती सेवा प्रदान गर्ने निकायहरूको कार्य प्रगतिको उचित अनुगमन होस भन्ने कुराको सुनिश्चितता गर्छ ।


यस सम्मेलनलाइ सफल बनाउन प्रारम्भिक बालविकास सम्बन्धि एसिया प्रसान्त क्षेत्रीय सञ्जाल (ARNEC) www.arnec.net का साथै यसका साझेदार युनिसेफ पुर्वी एसिया क्षेत्रीय कार्यालय http://www.unicef.org/eapro/ र युनिसेफ दक्षिण एसिया क्षेत्रीय कार्यालय, युनेस्को www.unescobkk.org, प्लान ईन्टरनेशनल www.plan-international.org , ओपन सोसाईटी फाउन्डेसन्स https://www.opensocietyfoundations.org/, सेभ द चिल्ड्रेन www.savethechildren.org र चाईल्ड फन्ड ईन्टरनेशनल https://www.childfund.org  को सहयोग रहेको छ । त्यसैगरी प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको नेतृत्व युनेस्कोले गरेको छ ।


थप जानकारीका लागि सम्पर्क:

श्री बैकुण्ठ प्रसाद अर्याल, सह सचिव/प्रवक्ता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

ईमेल: baikunthaparyal@gmail.com

श्री सिल्क फ्रेसन्डर्फ, संचार प्रबन्धक, ARNEC

ईमेल: silke.f@arnec.netwww.arnec.net

मिस क्यूनगाह बाङ्ग, कार्यक्रम अधिकृत, यूनेस्को बैङ्कक

ईमेलः k.bang@unesco.org


Read in English 

Related Articles