Hamro Aawaj

Apr 12, 2018
वसं २०७२ मा आएको विनाशकारी भूकम्पपछि धेरै ठाउँहरूमा झाडापखाला, आउं र हैजा लगायत पानीजन्य रोगहरूको महामारी फैलियो । स्वास्थ्य सेवा विभागले निकालेको प्रतिवेदन अनुसार गत वर्ष १०० भन्दा बढी हैजाका घटनाहरू अस्पतालमा दर्ता भएका छन् भने कतिपय घटना दर्ता नै भएनन् । सरसफाइको कमी र दूषित पानीका कारणले गर्दा सहरी क्षेत्र काठमाडौँमा पनि धेरै हैजाका बिरामीहरू भेटिए । भूकम्प पश्चात् हजारौँका सङ्ख्यामा मानिसहरू विस्थापित भए भने धेरै ठाउँहरूमा पानीका मुहानहरू भत्किए । तत्कालै सरसफाइ र खानेपानीको क्षेत्रमा सुधार गरी काठमाडौँका विभिन्न बस्तीमा हैजा फैलिन नदिनका लागि जनचेतना जगाई सर्तक गराउनुपर्ने आवश्यकता देखियो । त्यसपछि तत्काल युवालयले युनिसेफ नेपालको आर्थिक सहयोगमा एक परियोजना सञ्चालन गरी भूकम्पबाट प्रभावित समुदायलाई संरक्षण, खानेपानी तथा सरसफाइ, महामारी नियन्त्रण र तनाव व्यवस्थापनजस्ता महत्वपूर्ण विषयमा आवश्यक सूचना दिने, सचेतना जगाउने तथा ती समुदायलाई सामान्य जीवनमा फर्काउने कार्यमा सहयोग गर्यो । उक्त परियोजना सन् २०१५ मेदेखि सेप्टेम्बरसम्म १२ ओटा अति प्रभावित जिल्लामा सञ्चालन भएको थियो ।

यस परियोजनाअन्र्तगत धेरै जनचेतनामूलक कार्यक्रमहरू भए । ती मध्ये स्थानीय युवाका लागि तालिमहरू, कविता तथा भित्ते चित्रकथा सम्बन्धी कार्यशालाहरू, सडक नाटक, कचहरी नाटक, मस्कट परिचालन, स्थानीय बासिन्दासँग अन्तिक्र्रियाहरू, सरसफाइ कार्यक्रम, सावजर्निक सुनुवाइ  र माइकिङ् कार्यक्रम प्रमुख थिए । 

यस पुस्तिकामा भित्ते चित्रकथा सम्बन्धी छ वटा कार्यशालाका सहभागीहरूले खानेपानी, सरसफाइ र महामारीका विषयमा बनाएका सन्देशमूलक चित्रकथाहरू रहेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरका पाँच वटा नगरपालिका र दुई वटा महानगरपालिका अन्र्तगत २९ वडाहरूका स्थानीय युवाहरू तथा किशोरकिशोरीहरूका चित्रकथा यसमा समेटिएका छन् । 

यो पुस्तिकामा डाउनलोड गर्नुहोस्। 

  • wall comic update 1

Related Articles